Logo

रोमाको लज्जास्पद हार



काठमाडौं, ५ कात्तिक । युरोपा कन्फरेन्स लिग फुटबलमा इटालियन क्लब रोमाले लज्जास्पद हार व्यहोरेको छ । बिहीबार राति भएको खेलमा रोमा नर्वेको क्लब बोडो ग्लिम्टसँग ६–१ गोल अन्तरले पराजित भएको हो ।

बोडोको जितमा एरिक बोथिम र ओला सोल्बाकेनले २÷२ गोल गरे । यस्तै, प्याट्रिक बर्ज र अमहल पेल्लिग्रेनोले १÷१ गोल गरे ।
साथै रोमाका चार्ल्स परेजले १ गोल फर्काए ।

यस जितसँगै समूह ‘सी’मा रहेको बोडोले ३ खेलमा ७ अंक जोड्दै शिर्ष स्थानमा उक्लिएको छ ।
यस्तै, ६ अंक जोडेको रोमा दोस्रो स्थानमा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्