Logo

साताको कारोबारको अन्तिम दिन आज सुनको भाउ कति ?



काठमाडौं, ५ कात्तिक । नेपाली बजारमा आज सुनको भाउ स्थिर रहेको छ भने चाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुनको मुल्य प्रतितोला ९१ हजार ७ सय रुपैयाँ कायम भएको छ । बिहीबार पनि सोही मुल्यमा सुनको कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुनको मुल्य आज ९१ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ । चाँदीको मुल्य भने आज १० रुपैयाँले घटेर प्रतितोला १२ सय ५० रुपैयाँमा खरिद विक्रि भैरहेको महासंघले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्