Logo

महिला लघुवित्तद्धारा लाभांश संशोधन, अब ४५ प्रतिशत बोनश वितरण गर्ने



काठमाडौं, ५ कात्तिक । राष्ट्र बैंकको निर्देशन अनुसार महिला लघुवित्त वित्तीय संस्थाले लाभांश संशोधन गरेको छ । यसअघि संस्थाले ४५ प्रतिशत बोनश र ५ प्रतिशत नगद गरी जम्मा ५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

केन्द्रीय बैंकको निर्देशनपछि संस्थाले बोनस दर बढाएर ४७ दशमलव ५ प्रतिशत र कर प्रयोजनको लागि २ दशमलव ५ प्रतिशत नगद लाभांश गरी कुल ५० प्रतिशत लाभांश वितरण गर्ने भएको हो ।

आज बसेको संस्थाको संचालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । प्रस्तावित बोनश राष्ट्र बैंकले स्वीकृति र संस्थाको सभाले पारित गरेपछिमात्र शेयरधनीहरुले प्राप्त गर्न सक्नेछन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot