Logo

‘अर्ली-ईलेक्शन’ बारे मैले एक्लैले भनेर हुँदैन, गठबन्धनले भनेअनुसार हुन्छ : प्रधानमन्त्री देउवा



काठमाडौं, ५ कार्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले अर्ली इलेक्सनबारे सकारात्मक धारणा राखेका छन् । उनले यसबारेमा सत्ता गठबन्धनसँग छलफल गर्ने स्पष्ट पारेका छन् । बाढि/पहिरो र डुबान क्षेत्रको निरीक्षण गर्न सुदुरपश्चिम प्रदेश पुगेका प्रधानमन्त्री देउवाले आज (शुक्रबार) विहान धनगढीमा आयोजित पत्रकार सम्मेलनमा अर्ली ईलेक्शनको सम्भावनाबारे सोधिएको प्रश्नको जवाफ दिँदै यस्तो बताएका हुन् ।

उनले अर्ली ईलेक्शनबारे आफूले एक्लैले भनेर केही नहुने भन्दै यसमा गठबन्धनले जे भन्छ त्यही हुने धारणा राखेका थिए । उनले भनेका छन्,‘गठबन्धनको सरकार छ, मैले एक्लैले भनेर हुँदैन, गठबन्धनले जे भन्छ, त्यही हुन्छ ।’ पछिल्लो समय आगामी बैशाखमा नै निर्वाचन गर्नेबारे छलफल चलिरहेको हल्ला छ ।

एमालेले पनि बैशाखमा निर्वाचन गर्नको लागि त्यहीअनुसारको लविङ गरेको बुझिएको छ । तर, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले भने यो संसद्को पूरै अवधि सरकार चलाउनुपर्नेमा अडान लिँदै आएका छन् । कांग्रेसकै कतिपय नेताहरुले अब मुलुक यसरी चल्न नसक्ने भन्दै तत्काल निर्वाचनमा जानुपर्ने धारणा राख्न थालेका छन् । file photo/ReportersNepal

 



प्रतिक्रिया दिनुहोस्