Logo

सानिमा बैंकको शाखा भक्तपुरको बालकोटमा



काठमाडौं, ५ कात्तिक । सानिमा बैंक लिमिटेडले भक्तपुरको बालकोट चोकमा नयाँ शाखा कार्यालय विस्तार गरेको छ बैंकले एक महिनामा भित्र नै ललितपुर, काठमाण्डौं र भक्तपुरमा ५ वटा नयाँ शाखाहरु संचालनमा ल्याएको हो ।

बैंकले काठमाण्डौंंको कलंकी, टेकु, न्यूरोड, बानेश्वर, ग्वार्को, नक्साल, चुच्चेपाटी, सामाखुसी, सोह«खुट्टे, महाराजगंजमा शाखा रहेकोमा गोकर्णेश्वरमा दशैंअघि शाखा स्थापना गरेको जनाएको छ । भक्तपुरको बोडेमा पनि हालैमात्र शाखा कार्यालय संचालनमा ल्याएको छ । भक्तपुर जिल्लाको गठ्ठाघर र ठिमीमा शाखा संचालन गरिरहेको छ ।

एक महिनाको अवधिभित्र ललितपुर जिल्लामा मात्र सानेपा, मंगलबजार, बालकुमारी, हरिसिद्धि, डोलाहिटीसहित पाँचवटा नयाँ शाखा थपिएका छन् । यसअघि ललितपुरको भैंसेपाटी, सातदोबाटो, कुमारीपाटी, कुपण्डोल, थसिखेल, एकान्तकुनामा शाखा संचालनमा रहेका थिए ।

बैंक व्यवस्थापनले काठमाण्डौं उपत्यकाभित्र संचालनमा रहेका २६ वटा बिस्तारित काउण्टरलाई व्यवसाय र रणनीतिकरुपमा शाखा कार्यालयमा स्तरोन्नती गरिरहेको जानकारी दिएको छ ।

बालकोट शाखा संचालनमा आएसँगै बैंकको शाखा संख्या ११५ पुगेको छ । बैंकले मैतीदेवीमा पनि नयाँ शाखा संचालनमा ल्याउने तयारी गरेको छ ।

 



प्रतिक्रिया दिनुहोस्