Logo

अज्ञात समूहद्वारा रत्ननगर अस्पतालमा तोडफोड



चितवन, ५ कात्तिक । चितवनको रत्ननगरस्थित बकुलहर अस्पतालमा एक अज्ञात समूहले मध्यरातमा तोडफोड गरेको छ । ५/६ जनाको समूहले मध्यरातमा आकस्मिक कक्षको ढोकाको सिसा फुटाउनुका साथै सुरक्षा गार्डलाई कुटपिट गरेको जनाइएको छ ।

उनीहरुले ड्युटीमा रहेका नर्सहरुमाथिसमेत हातपातको प्रयास गरेका थिए । उनीहरु फरार छन् । तोडफोड र कुटपिटमा संलग्नहरुको सिसिटिभी फुटेज छ । उनीहरुले प्रयोग गरेको मोटरसाइकल नियन्त्रणमै छ ।

घटनाबारे इलाका प्रहरी कार्यालय टाँडीलाई जानकारी गराइएको छ । तोडफोड गर्ने तथा कुटपिट गर्ने समूहको पहिचान भएको छैन । उक्त विषयमा थप अनुसन्धान भैरहेको छ। मध्यरातमा तोडफोड र कुटपिटमा गर्ने गिरोहलाई तुरुन्तै कारबाहीको माग गरिएको छ।



प्रतिक्रिया दिनुहोस्