Logo

अमेरिकी राष्ट्रपति बाइडेनले भने- ‘चीनले ताइवानमाथि आक्रमण गरे अमेरिकाले रक्षा गर्छ’



एजेन्सी, ५ कात्तिक । अमेरिकी राष्ट्रपति जो बाइडेनले ताइवानको बचावमा चीनमाथि खनिएका छन्। चीनले ताइवानमाथि आक्रमण गरेमा अमेरिकाले बचाउने बताएका छन् । के चीनले आक्रमण गरेमा अमेरिकाले ताइवानको रक्षा गर्छ त भन्दै सोधिएको प्रश्नमा बाइडेनले यस्तो जवाफ दिएका हुन् ।

बाइडेनले भनेका भनेका विषयलाई उदृत गर्दै सञ्चारमाध्यमहरुले लेखेका छन्,‘, ‘हो, हामी त्यो गर्न प्रतिबद्ध छौँ ।’ यसपछि ह्वाइट हाउसले ताइवानसँगको कुनै नीतिगत परिवर्तन भने नभएको बताएको छ । ताइवानले पनि अमेरिकी बयानका सन्दर्भमा आफ्नो चीनसँगको स्थिति परिवर्तन नगर्ने स्पस्ट परिसकेको छ ।

अमेरिकाले लामो समयदेखि ताइवानको रक्षाको बिषयमा ‘रणनीतिक अस्पष्टता’को अभ्यास गरिरेहेको छ । चीनले ताइवानलाई आफ्नो एक छुट्टिएको प्रान्त भन्ने गर्छ । तर, ताइवानी नागरिकले ताइवानलाई एक स्वतन्त्र मुलुक मान्ने गर्छन् ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्