Logo

कांग्रेस नेता दीपक खड्काको टिप्पणी : अब मुलुक आम निर्वाचनमा जानुपर्छ, यो नै अहिलेको आवश्यकत्ता हो (भिडिओसहित)



काठमाडौं, ५ कार्तिक । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री दीपक खड्काले मुलुक आम निर्वाचन गर्नुपर्ने परिस्थितिमा पुगेको टिप्पणी गरेका छन् । उनले भने,‘कांग्रेसको महाधिवेशनभन्दा पहिले देशमा अर्ली ईलेक्शन पहिले हुन्छ । मलाई त्यस्तै लागिरहेको छ । यदि हामीले त्यसरी आम निर्वाचनमा जानुपर्यो भने हाम्रा अधिवेशनका कार्यक्रम प्रभावित हुन्छन् कि भन्ने मलाई लागिरहेको छ । अर्ली ईलेक्शन त मुलुकको आवश्यकत्ता हो कि, राजनीतिक दलहरुको आवश्यकत्ता हो कि भन्ने मलाई लागिरहेको छ ।’

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता खड्काले अब मुलुक निर्वाचनतर्फ जानुपर्ने धारणा राखे । उनले आफ्नो पार्टी मुलुकको जिम्मेवार पार्टी भएको नाताले मुलुकलाई जस्तो प्रकारको आवश्यकत्ता पर्छ त्यहीअनुसारको भूमिका र कदम चाल्ने सुनाए ।

उनले जनताको हितमा आफ्नो पार्टीले निर्णय लिने पनि सुनाए । उनले अर्ली ईलेक्शनबारे छलफल भैरहेको पनि सुनाए । उनले अहिले ताजा जनादेश लिनुपर्ने आवश्यकत्ता आफूले देखेको जिकिर गरे ।



प्रतिक्रिया दिनुहोस्