Logo

अमेरिकाले चीनसँग शीतयुद्ध गर्न चाहँदैन्ः बाइडेन



एजेन्सी, ५ कात्तिक । अमेरिकाले चीनसँग शीतयुद्व गर्न नचाहेको अमेरिकी राष्ट्रपति जो बाइडेनले प्रष्ट पारेका छन् मेरील्याण्डको बाल्टिमोरमा भएको एक कार्यक्रमको दौरान उनले चीनसँग कुनै प्रकारको युद्व नचाहेको स्पष्ट पारेका हुन् ।

बाइडेनले भनेको विषयलाई उदृत गर्दै सञ्चारमाध्यम तासले लेखेको छ,‘मैले चिनियाँ राष्ट्रपति सी जिन फिङसँग अरु नेताको तुलनामा अत्याधिक कुराकानी र अत्याधिक समय बिताएको छु । यसकारण प्रायः मानिसले भन्ने गर्दछ की बाइडेन चीनसँग शीतयुद्व चाहेको छ । तर, म चीनसँग शीतयुद्व गर्न चाहँदिन । हामी आफ्नो निति र दृष्टिकोणलाई पडाडि सार्दैनौँ, यो चीनले बुझ्नु पर्नेछ ।’

बाइडेनका अनुसार चीन, रुस र अन्य देश भन्दा बढी अमेरिका सित शक्तिशालि सैन्य छ । र, तत्काल चीन र रुस शत्तिशालि भइरहेकोमा आफूहरुलाई कुनै आपत्ती नभएको समेत उनले बताएका छन् । उनले जोड दिएको विषयलाई उदृत गर्दै सञ्चारमाध्यम तासले लेखेको छ,‘उनीहरुको सैन्य शक्तिसँग कुनै आपत्ती छैन् । तर, उनीहरुले गरिरहेको गतिविधिप्रति निगरानी राखिरहेका छौँ किनकी उनीहरुले केहि गल्ति गर्न सक्छन् ।’-Photo: Agency



प्रतिक्रिया दिनुहोस्