Logo

अमेरिका र चीनबीच युद्धको खतरा



एजेन्सी, ५ कात्तिक । अमेरिका र चीनबीच युद्धको खतरा बढेको छ । यी दुई शक्तिशाली देशहरुबीच ताइवान मामलाले युद्धको खतरा बढेको हो ।

चीनले कम्तिमा ३ वर्षभित्र ताइवानमा आधिपत्य जमाउन योजना बनाएपछि अमेरिकी राष्ट्रपति जोय वाइडेनले कडा चेतावनी दिएका छन् । चीनले ताइवानमाथि आक्रमण गरे अमेरिकाले त्यसको प्रतिरक्षा गर्ने बताएका छन् । ताइवानलाई साथ दिन अमेरिकासँग कानुन पनि रहेको बताएका छन् ।

चिनियाँ राष्ट्रपति सी जिनपिङले केही दिनअघि ताइवानलाई चीनको अधिनमा ल्याउने सन्देश दिएका थिए । उनले चीनको पुनः एकीकरणमा अवरोध खडा गर्नेलाई इतिहासको कठघरामा पुर्याउने चेतावनी समेत दिएका थिए ।

चिनियाँ मिडियामा ताइवानलाई २०२५ भित्र नियन्त्रणमा ल्याउने विषय चर्चामा थियो । तर, चिनियाँ अधिकारीहरुले २०२३ या २०२४ भित्र त्यो कदम चालिसक्ने बताएका छन् । चीनबाट त्यस्तो संकेत आएलगत्तै अमेरिकी राष्ट्रपतिबाट ताइवानको पक्षमा अभिव्यक्ति आएको हो । यसले चिनियाँ समुन्द्र क्षेत्रमा तनाव बढेर गएको छ ।

चीनको साउथ चाइना सीमा आसपासका देशहरुसँग टापुका विषयमा विवाद चल्दै आएको छ । उक्त क्षेत्रमा अमेरिकाले उपस्थिति बढाइरहेको छ । यसले पनि युद्धको कालो बादल मडारिएको छ ।



प्रतिक्रिया दिनुहोस्