Logo

मुख्यमन्त्री आचार्यले विश्वासको मत लिँदै



काठमाडौं, ५ कार्तिक । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले आज विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री आचार्यले गत असोज २५ गते नै प्रदेशसभा सचिवालयमा विश्वासको मत प्रस्ताव दर्ता गराएका थिए । सोहीअनुसार आज कार्तिक ५ गते दिउँसो १ बजेको लागि बैठक बस्ने गरी सूचना टाँस गरिएको थियो ।

तर, बैठक बस्ने वा नबस्ने भन्ने अझै टुँगो लागेको छैन । कार्यव्यवस्था परामर्श समितिको बैठक अझै बसेको छैन् । प्रदेशसभाको गणितअनुसार मुख्यमन्त्री आचार्यले विश्वासका मत प्राप्त गर्न सक्दैनन् । अहिले प्रदेशसभामा ९२ सदस्य छन् ।

त्यसमा एमालेका ४१, कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका तीन, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाका एक–एकजना सदस्य छन् । प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न ४७ मत चाहिन्छ । विपक्षी गठबन्धनले मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) का राजेन्द्र राईलाई अघि सार्ने बुझिएको छ । file photo

 



प्रतिक्रिया दिनुहोस्