Logo

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी ८ वर्ष पछि पक्राउ



काभ्रेपलाञ्चोक, ५ कात्तिक । जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका–४ घर भएका ४२ वर्षीय रामहरी महतलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला अदालत ललितपुरको २०७० भदौ २६ गतेको फैसलाले जबरजस्ती करणी मुद्दामा १० वर्ष कैद सजाय ठहर भई फरार भएका उनलाई जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकबाट खटिएको प्रहरीले धुलिखेल नगरपालिका–७ बाट पक्राउ गरेको जनाएको छ ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काभ्रेपलाञ्चोक धुलिखेलमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले बताएको छ ।

 

 



प्रतिक्रिया दिनुहोस्