Logo

गाई गोठमा तास खेल्ने १९ जुवाडे पक्राउ



पर्सा, ५ कात्तिक । गाई गोठमा तास खेलिरहेको अवस्थामा १९ जनालाई प्रहरीले पक्राउ गरेको छ । पर्सागढी नगरपालिका–९ बरेवास्थित नन्दलाल दासको गाई गोठमा तास खेलिरहेको अवस्थामा सोही नगरपालिका–३ बडनियार बस्ने ३० वर्षीय कोशिया ठाकुर लगायत १९ जना बिहीबार राति पक्राउ परेका हुन् ।

उक्त गोठमा जुवातास खेलिरहेको खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट मनवाबाट खटिएको प्रहरीले नगद १ लाख ७१ हजार १ सय ३५ रुपैयाँ, ३ वटा मोटरसाइकल, २० थान मोबाइल, १ थान सादा चेक सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्