Logo

स्रोत नखुलेको १८ लाख र सुनसहित दुई पक्राउ



सुनसरी, ५ कात्तिक । स्रोत नखुलेको रकम र सुन जस्तो देखिने धातु सहित २ जना पक्राउ परेका छन् । धरान उपमहानगरपालिका–२ स्थित रत्न रोडबाट स्रोत नखुलेको १८ लाख नेपाली रुपैयाँ र बिल भरपाई बिनाको करिब २ सय ५८ ग्राम ३ सय २० मिलिग्राम सुनजस्तो देखिने ५ थान बाला सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा सोही उपमहानगरपालिका–१५ सगरमाथा लाईन बस्ने ४८ वर्षीय रामबहादुर श्रेष्ठ र धनकुटा महालक्ष्मी नगरपालिका–२ बस्ने ३४ वर्षीय चन्द्र प्रसाद श्रेष्ठ रहेका छन् ।

ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त नगद र धातु सहित पक्राउ गरी यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको बताएको छ ।

 



प्रतिक्रिया दिनुहोस्