Logo

प्रचण्डको नेतृत्वमा कोही पनि सच्चा माओवादी/क्रान्तिकारीहरु एकताबद्ध हुन सक्दैन : प्रभु साह



काठमाडौं, ५ कार्तिक । नेकपा (एमाले) का नेता प्रभु साहले आफू कुनैपनि हालतमा पुष्पकमल दाहाल नेतृत्वको पार्टीमा नजाने स्पष्ट पारेका छन् । पछिल्लो समय एमाले छोडेर साह माओवादी केन्द्रमा प्रवेश गर्न लागेको समाचार आएपछि त्यसको खण्डन गर्दै उनले यस्तो बताएका हुन् । उनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले महान जनयुद्ध र हजारौं शहिदको अपमान गरेर कुर्सीको चक्करमा खिचड़ी संसदीय ब्यवस्था खड़ा गरि देशलाई अन्यौलग्रस्त एवं अस्थिर बनाएको पनि आरोप लगाएका छन् ।

उनले प्रचण्डकै कारण आज हजारौ योग्य नेपालीहरु विदेश पलायन हुन बाध्य भएको पनि गम्भीर आरोप लगाएका छन् । सामाजिक सञ्जाल फेशबुकमा साहले लेखेका छन-

#कपोकल्पित_एवं_भ्रामक_समाचारप्रति_गम्भीर_ध्यानाकर्षण : रातोपाटी लगायतका अनलाइनहरुमा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको छ । महान जनयुद्ध र हजारौं शहिदको अपमान गरेर कुर्सीको चक्करमा खिचड़ी संसदीय ब्यवस्था खड़ा गरि देशलाई अन्यौलग्रस्त एवं अस्थिर बनाउने प्रचण्डकै कारण आज हजारौ योग्य नेपालीहरु विदेश पलायन हुन बाध्य छ । आफ़नो ब्यक्तिगत स्वार्थका कारण माओवादी आन्दोलनलाई टुक्रा टुक्रा गरि सिंग़ै देशलाई नै अस्थिरताको खाडलमा धकेलने प्रचण्डको नेतृत्वमा कोही पनि सच्चा माओवादी/क्रान्तिकारीहरु एकताबद्ध हुन सक्दैन । वर्तमान राजनीतिक संकटको अग्रग़ामी निकासको लागि क्रान्तिकारीहरुको ध्रुविकरण अपरिहार्य आवश्यता हो । यसको लागि आफू निरन्तर क्रियाशील रहेको कुरा सर्वबिदित नै छ । तर जनतालाई धोखा दिने अनैतिक. असफल एवं अबिश्वसनिय व्यक्तिको नेतृत्वमा कदापि होईंन । रातोपाटी जस्तो प्रतिष्ठित अनलाइनले यस्ता भ्रामक समाचार सम्प्रेषण गर्दा सिंगै मिडिया जगतको विश्वनियतामाथि प्रश्न चिन्ह खडा भएको छ । यस्ता भ्रामक र प्रायोजित समाचारको भ्रममा नपर्न सबैमा आग्रह गर्दछु ।



प्रतिक्रिया दिनुहोस्