Logo

चीन र रुसका युद्धपोतले जापानको वरिपरि घुमे



एजेन्सी, ५ कात्तिक । चीन र रुसले यृुद्ध अभ्यास गर्ने क्रममा जापान वरिपरि फन्को लगाएका छन् । जापानका दुई मुख्य टापुका बीचको समुन्द्रमा चीन र रुसका युद्धपोतहरुले पार गरेको केही दिनमा फन्को लगाएका हुन् ।

जापानको राजधानी टोकियो समेत रहेको होन्सु टापु र उत्तरतर्फको होक्काइडो टापुको बीच रहेको समुन्द्रबाट दशवटा युद्धपोतहरु बढेका थिए । ती युद्धपोतले जापानलाई फन्को मारेका हुन् । यो घटनालाई निकै चासोका साथ विश्वभरबाट हेरिएको छ ।

जापानले उक्त गतिविधिलाई नजिकबाट नियालेको जनाएको छ । रुस र चीनले संयुक्त समुन्द्री युद्धको अभ्यास गरेका हुन् ।-Photo Source: Xinhua



प्रतिक्रिया दिनुहोस्

Screenshot