Logo

मुम्बईको ६० तल्ले भवनमा आगलागि, बचावको क्रममा ३० वर्षिय युवकले १९औँ तल्लाबाट हाम फाल्दा ठहरै



एजेन्सी, ५ कात्तिक । भारतको मुम्बईस्थित करि रोडमा रहेको ६० तल्ले अभिघन्न पार्क भवनमा आगलागि भएको छ । आगालागि १९औँ तल्लामा लागेको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेको छ ।

आगलागि नियन्त्रण गर्न वारुण यन्त्र खटाइएको मुम्बईकी मेयर किशोरी फडनेकरले भारतीय सञ्चारमाध्यमहरुलाई जानकारी गराएकी छिन् । आगलागि कै क्रममा आफ्नो बचाव गर्न खोज्दा १९ औँ तल्लाबाट एक युवले हाम फालेका थिए । उपचारका लागि उनलाई अस्पताल पुर्याउने क्रममा उनको निधन भएको जनाइएको छ । हाम फाल्ने क्रममा कोहि दोषी नदेखिएको समेत मेयरले स्पष्ट पारेकी छिन् ।

उक्त भवनमा अझैँ दुई जना फसेको जनाइएको छ । उद्धार कार्य जारी रहेको जनाइएको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्