Logo

आर्यन खानको अनन्या पाण्डेसँगको कनेक्सन, बलिउडमा लागूऔषध प्रकरणले नयाँ तरंग



एजेन्सी, ५ कात्तिक । बलिउड स्टार साहरुख खानका छोरा आर्यन खानसहित सेलिब्रिटीहरु क्रुज जहाजमा लागूऔषधसहित भेटिएको प्रकरण भारतभित्र मात्र नभई बाहिर पनि चर्चामा छ । भारतको लागूऔषध नियन्त्रण ब्यूरोले क्रुज जहाजमै छापा मारेर सेलिब्रिटीलाई नियन्त्रणमा लिएको प्रकरणलाई राजनीतिक रङ्ग दिन खोजिएको छ ।

भारतमा हिन्दूवादी भारतीय जनता पार्टी सत्तामा हुनुका कारण साहरुख खानको परिवार तारोमा परेको भन्नेहरु नभएका होइनन् । तर, क्रुज जहाजमा लागूऔषध रहेको तथ्यहरु खुल्दै गएको छ । अदालतले पक्राउ परेकाहरुलाई धरौटीमा रिहा गर्न अस्वीकार गरिसकेको छ । मुम्बईको जेलमा आर्यन खानलगायत राखिएका छन् ।

आर्यन खान मुछिएको लागूऔषध प्रकरणमा सेलिब्रिटीहरु पनि परेका छन् । पछिल्लो समय अनन्या पाण्डे पनि यो प्रकरणमा मुछिएकी छिन् । भेट्रान कलाकार चंकी पाण्डेकी छोरी अनन्या बलिउड नायिका पनि हुुन् । उनको आर्यन खान र उनकी दिदी सुहाना खानकी मित्रता छ । सुहाना र अनन्या नजिकका सँगी हुन् ।

अनन्या र आर्यनबीच कुराकानी भएको र लागूऔषध उपलब्ध गराउनेबारे समेत च्याट भएको खुलाइएको छ । त्यसैका आधारमा सोधपुछका लागि उनी तानिएकी हुन् ।
आर्यन खान, उनका मित्र अरबाज मर्चेन्ट र पाँच अरु क्रुज जहाजमा पक्राउ परेका थिए ।

यो प्रकरणले बलिउडको अध्यारो पक्ष फेरि उजागर भएको छ । नव कलाकारहरु लागूऔषधको जालोमा परेको खुलेको छ ।

कुनै जमानाका सञ्जय दत्त पनि लागूऔषध प्रकरणमा मुछिएका थिए । किशोरावस्थामा हुँदा सञ्जय दुव्यर्सनी समेत बनेका थिए । उनको सम्बन्ध अन्डरवल्र्डसँग समेत जोडिएको तथ्य फेला परेको थियो । उनी जेल समेत परेका थिए ।



प्रतिक्रिया दिनुहोस्