Logo

विविधताको देश नेपालः गृहमन्त्री खाँड



काठमाडौं, ५ कात्तिक । गृहमन्त्री बालकुष्ण खाँडले नेपाल विविधताको देश भएको बताएका छन् । आज नेपाल पर्यटन बोर्डमा भएको एक कार्यक्रममा बोल्दै खाँडले नेपालमा हिमाल, पहाड र तराईको साथै ६ हजार भन्दी बढी खोला तथा नदीहरु भएको उल्लेख गरे ।

खाँडले भने, ‘झन्डै नेपालमा ६ हजार नदी र खोला छन्, सबै खोला नालामा बाह्रै महिना पानी बग्छन् ।’ अघिल्ला पुस्तालाई ९० सालको भुकम्प थाहा भएको तर आफुहरुलाई त्यो थाहा नभएको भन्दै गृहमन्त्री खाँडले २०७२ सालको ठुलो भुकम्प नेपालीले भोगेको बताए । उनले भने, ‘९० सालको भुकम्प भन्थे केही थाहा पाइएन, २०७२ सालको ठुलो भुकम्प तपाईहरु सबैले भोग्नुभयो । विश्वमहाव्याधी कोभिडको समेत सामना गर्नुभयो ।’

उनले कार्यक्रमको आयोजना गर्ने आयोजक र सहभागीलाई धन्यवाद दिँदै भने, ‘यो कोरोनामा सबैले मास्क लगाएका छौ । म गृहमन्त्री मास्क खोल्न हुन्थ्यो की हुन्थेन तपाईहरुकै अनुमति लिएर मास्क खोले ।’



प्रतिक्रिया दिनुहोस्