Logo

नेपाली यू–२३ राष्ट्रिय फुटबल टोलीले आज इन्डोनेसियासँग मैत्रीपूर्ण खेल खेल्दै



काठमाडौं, ५ कात्तिक । नेपाली यू–२३ राष्ट्रिय फुटबल टोलीले आज (शुक्रबार) इन्डोनेसियाको यू–२३ टोलीसँग मैत्रीपूर्ण खेल खेल्दैछ ।
ताजिकिस्तानको गासर सेन्ट्रल स्टेडियममा हुने खेल नेपाली समय अनुसार साँझ ५ः४५ बजे सुरु हुनेछ ।

एएफसी यू–२३ एसियन कप छनोटको तयारीको लागि नेपालले इन्डोनेसियासँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । छनोटको समूह ‘बी’ मा नेपालसँगै इरान, ताजिकिस्तान र लेबनान रहेका छन् ।

नेपालले समूह चरणको पहिलो खेलमा इरानसँग कात्तिक ८ गते खेल्दैछ । यस्तै दोस्रो खेलमा नेपालले ताजिकिस्तानसँग कात्तिक ११ गते खेल्नेछ भने अन्तिममा लेबनानसँग कात्तिक १४ गते प्रतिस्पर्धा गर्नेछ ।

छनोटका ११ समूहको शीर्ष टोलीले एएफसी यू–२३ एसियन कप खेल्न पाउनेछन् । साथै, दोस्रो टोली मध्ये उत्कृष्ट चार टोली पनि यू–२३ एसियन कपमा छनोट हुनेछन् ।-Photo Source: ANFA



प्रतिक्रिया दिनुहोस्