Logo

वर्षाले जनधनको क्षतिप्रति भारतीय राजदूत क्वात्रा ‘मर्माहत’



काठमाडौं, ५ कात्तिक । नेपालका लागि भारतका राजदूत विनय मोहन क्वात्राले भारी वर्षाका कारण जनधनको क्षति भएको खबरले आफू अत्यन्तै मर्माहत भएको बताएका छन् । उनले दुःखको घडीमा नेपाल सरकार र नेपाली जनताको साथ उभिएको बताएका छन् ।

आज ट्वीट गर्दै राजदूत क्वात्राले नेपाल र भारतका केही क्षेत्रहरुमा भारी वर्षाका कारण पुगेको क्षतिप्रति दुःख व्यक्त गरेका हुन् ।

उनले ट्वीटरमा नेपाली भाषामै लेखेका छन्ः नेपाल र भारतका केही क्षेत्रहरुमा भारी वर्षाका कारण जनधनको क्षति भएको खबरले अत्यन्तै मर्माहत भएको छु। शोकसन्तप्त परिवारजनलाई यस दुखद घडीमा हार्दिक समवेदना व्यक्त गर्दछु। हामी नेपालको सरकार र जनताको साथमा उभिएको छौं।



प्रतिक्रिया दिनुहोस्