Logo

गायिका सुस्मिता स्याङ्तानको स्वरमा ‘पराईको आगनी’ बजारमा



काठमाडौँ, ५ कात्तिक । गायिका सुस्मिता स्याङ्तानको आवाजमा ’पराईको आगनी’ बोलको गीत बजारमा आएको छ । उक्त गीत पारीजात नेपालको अफिसियल युटुब च्यानलबाट बजारमा ल्याइएको हो ।

यो भन्दा अगाडि मेल भर्सन भने गायक सरद तामाङले गाइसकेका छन । विवेक लोप्चनको संगीत, पाल्साङ लोप्चनले लेखेको गीतलाई कर्साङ लामाले संगीत संयोजन गरेका हुन । बिग परिवेश र पारिजात रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतलाई मनोज डङगोलले मिक्सिङ गरेका हुन ।

आशिष जिम्बाले छायांकन, टेकेन्द्र शाहले सम्पादन र कलर गरेको उक्त म्युजिक भिडियोमा तिर्थमान पाख्रिनको कथा र कन्सेप्ट रहेको छ । आर बि लामाले निर्देशन गरेको भिडियोमा बिजय स्याङ्बो तामाङ, अनु तामाङ र सुनिता रुम्बाको अभिनय रहेको छ ।

 

 

 

 



प्रतिक्रिया दिनुहोस्