Logo

राष्ट्र बैंकको परिपत्रपछि बैंकहरुले गरे ब्याजदर संशोधन, कुन बैंकको कति ?



काठमाडौं, ५ कात्तिक । नेपाल राष्ट्र बैंकले ब्याज सम्बन्धि परिपत्र जारी गरेपछि बैंकहरुले ब्याजदर संशोधन गरेका छन् । बैकहरुले कात्तिक महिनाको लागि अधिकतममा ११.६७ प्रतिशतसम्मको ब्याजदर सार्वजनिक गरेका थिए । अहिले संशोधन गरेका छन् । आफ्नै खुशीले ब्याजदर बढाएपछि राष्ट्र बैंकले अघिल्लो महिनाको तुलनामा १० प्रतिशत मात्र ब्याजदर परिर्वतन गर्न पाउने गरी परिपत्र जारी गरेको हो । परिमार्जन पश्चात बैंकहरुले ११ बाट ९.३६ प्रतिशतमा झारेका छन् ।

तरलता अभाव रहेको भन्दै बैंकहरुले आफू अनुकूलको ब्याजदर बढाएपछि नेपाल राष्ट्र बैंकले हस्तक्षेप गरेको हो । बैंकले निक्षेपको तुलनामा अत्याधिक कर्जा प्रवाह भएको भन्दै रकम तान्न ब्याजदर बढाएका थिए । निक्षेपको तुलनामा ५ गुणा कर्जा प्रवाह भएपछि बैंकहरुमा रकम अभाव भएको छ ।
कुन बैंकको संशोधनपछिको अधिकतम ब्याजदर कति ?

 



प्रतिक्रिया दिनुहोस्