Logo

एमाले स्थायी कमिटी बैठक शुरु



काठमाडौं, ५ कात्तिक । नेकपा (एमाले)को स्थायी कमिटी बैठक शुरु भएको छ ।

ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बसेको बैठकमा एमालेको १० औं महाधिवेशनको विषयमा छलफल हुने जनाइएको छ । बिहीबार शुरु भएको स्थायी कमिटी बैठकको आज दोस्रो दिन हो ।

बिहीबार बैठकले मंसिर १० देखि १२ गतेसम्म हुने पार्टीको १० औं महाधिवेशन चितवनमा गर्ने निर्णय गर्दै त्यसका लागि तयारी समिति बनाएको थियो । आज थप विषयमा केहि महत्वपूर्ण निर्णयहरु आउने सक्ने जनाइएको छ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्