Logo

फिजीमा नयाँ राष्ट्रपति निर्वाचित



५ कात्तिक : फिजीमा शुक्रबार नयाँ राष्ट्रपति चयन गरिएको छ । फिजीको संसदले रातु विलियम कातोनिभेरेलाई नयाँ राष्ट्रपतिमा निर्वाचित गरेको घोषणा गरेको छ ।उनले यसअघिका राष्ट्रपति जिओजी कोनौटेलाई विस्थापित गर्नु भएको हो । कोनौटेले राष्ट्रपतिको दुई कार्यकाल पूरा गरेका छन् । कातोनिभेरेले भोरेक्व बैनीमारामालाई प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

संसदमा भएको मतदानमा कातोनीभेरेले २८ मत प्राप्त गरेका थिए भने केपाले २३ मत प्राप्त गरेका थिए ।संसदका सभामुख रातु इपेली नैलातिकौले कातोनीभेरेलाई राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गर्दै बधाई दिएका थिए । नवनिर्वाचित राष्ट्रपति कातोनीभेरे फिजिफस्ट पार्टीको पूर्व अध्यक्ष समेत छन् । उनले प्रधानमन्त्रीको जिम्मेबारी भने अर्को महिनादेखि सम्हाल्ने छन् ।-सिन्ह्वा/Photo: Agency



प्रतिक्रिया दिनुहोस्