Logo

यति एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान भर्ने



काठमाडौं, ५ कात्तिक । निजी वायुसेवा कम्पनी यति एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान भर्ने नागरिक उड्डयन प्राधिकरणबाट अनुमति पाएको छ । यति एयरलाइन्सका अनुसार कम्पनीले ननसेड्यूल तथा चार्टर्ड उडान गर्न सक्ने गरी प्राधिकरणबाट अन्तर्राष्ट्रिय उडानको एओसी पाएको हो ।

अनुमति प्राप्तसंगै अब यति एयरलाइन्सले दक्षिण एसिया तथा दक्षण पूर्वी एसियाली मुलुकमा उडानका लागि तयार भएको जनाइएको छ । नेपालबाट अन्तर्राष्ट्रिय उडानको अनुमति पाउने नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स, बुद्ध एयर र श्री एयरलाइन्स रहेका छन् ।-File photo



प्रतिक्रिया दिनुहोस्