Logo

बैतडीमा पाँचवर्षीय बालकसहित दुई मृत फेला



बैतडी, ५ कात्तिक: पाँच वर्षीय बालकसहित आज बैतडीमा दुई जना मृत फेला परेका छन् । सुर्नया गाउँपालिका– ५ कक्स्याली ४७ वर्षीय ध्वजबहादुर विष्ट असोज २९ गते घोडधौनीस्थित दाजुको घरबाट आफ्नो घर जान्छु भन्दै हिँडेकामा आज बिहान १० बजे कक्स्यालीमा मृत फेला परेका हुन् । उनको मृत्युको कारण खुल्न नसके र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता दर्शन खड्काले जानकारी दिए ।

यसैबीच डिलाशैनी–४ मठैराजका पाँच वर्षीय सुभम विष्ट पनि मृत फेला परेका छन् । सुभमको शव दोगडाकेदार–६ चम्तडी नजिक चौलानी नदी किनारमा भेटिएको प्रहरीले जनाएको छ । कात्तिक २ गते सुभमकी आमा २८ वर्षीया जयन्ती विष्टले सुभमसहित जमाडी नदीमा हाम फालेकी थिइन् । जयन्तीको अवस्था अझै अज्ञात रहेको छ । जयन्तीका श्रीमान् घरमै छन् । घटनाबारे अनुसन्धान अगाडि बढाइएको ताइएको छ ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्