Logo

भारतमा १५ हजार नयाँ सङ्क्रमित थपिए



५ कात्तिक : भारतमा कोरोनाभाइरसबाट थप १५ हजारभन्दा बढी नयाँ सङ्क्रमित थपिएका छन् ।

सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १५ हजार ७८६ जना नयाँ सङ्क्रमित थपिएका हुन ।

नयाँ सङ्क्रमित मध्ये आठ हजार ७३३ जना केरला प्रदेशका मात्रै रहेको पनि केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएको छ ।

सोही अवधिमा भारतमा १८ हजार ६४१ जना सङ्क्रमितहरु सङ्क्रमणमुक्त भएका छन् । भारतमा अहिले नयाँ सङ्क्रमितभन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या धेरै भएकाले सक्रिय सङ्क्रमितहरुको सङ्ख्या घट्दै गएको हो ।

भारतमा अहिले एक लाख ७५ हजार ७४५ जना सङ्क्रमित अवस्थामै रहेका छन् । यो सङ्ख्या २३२ दिनपछिकै सवैभन्दा कम भएको मन्त्रालयका अधिकारीहरुको भनाई छ ।

भारतमा अहिलेसम्म कुल तीन करोड ३५ लाख १४ हजार ४४९ जना सङ्क्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अधिकारीहरुका अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोनाका कारण थप २३१ जनाको मृत्यु भएको छ । ती मध्ये केरलाका मात्रै ११८ जना रहेका छन् ।-एएनआई/Photo: Agency



प्रतिक्रिया दिनुहोस्