Logo

परिणितीले यसपटकको जन्मदिन मनाङमै मनाइन्



मनाङ, ५ कात्तिक । फिल्म सुटिङको लागि नेपालमा आएकी बलिउड अभिनेत्री परिणिती चोपडा आज जन्मदिन मनाएकी छिन् । आजदेखि ३३ वर्षमा प्रवेश गरेकी परिणितीले केक काटेर फिल्मको टिमसँग जन्मदिन मनाएकी हुन् ।

उनी हाल हिमाली जिल्ला मनाङमा छिन् । अझै परणिती केही समय नेपालमै रहनेछिन् । परिणिती चोपडाको जन्मदिन मनाउदै गरेको अनुपम खेरले सामाजिक संजालमा भिडियो पोस्ट गरेका छन् । परिणिती निकै खुशी देखिन्छिन् ।



प्रतिक्रिया दिनुहोस्