Logo

एनसेलले कार्तिक २९ गते दोस्रो वार्षिक साधारण सभा गर्ने



काठमाडौं, ५ कात्तिक । एनसेल आजियाटा लिमिटेडले दोस्रो वार्षिक साधारणसभा कार्तिक २९ गते लैनचौर स्थित आफ्नै कर्पोरेट कार्यालयमा सभा गर्ने भएको छ ।

कम्पनीले सभामा कम्पनीको ऋण सम्बन्धमा र आर्थिक वर्ष ७७/७८ मा कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वसँग सम्बन्धित क्रियाकलापहरुमा गरेको खर्च अनमोदन गर्ने विशेष प्रस्ताव पेश गर्ने भएको छ ।

कम्पनीको अनुसार सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफारनोक्सान हिसाब तथा नगद प्रवाह लगायत वितिय विवरण पारित गर्ने, कम्पनीको लेखापरीक्षण कार्यको लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने एजेण्डा छ ।

यसैगरी, सञ्चालक समितिको सिफारिस बमोजिम आ।व। २०७७/७ ८ को लाभांश वितरण गर्न स्वीकृति प्रदान गर्ने, सञ्चालकको पारिश्रमिक, भत्ता तथा अन्य सुविधाहरु पारित गर्ने लगायतका प्रस्ताव पेश गर्ने जनाएको छ।

 

 

 

 

 



प्रतिक्रिया दिनुहोस्