Logo

बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १११ पुग्यो, ३७ वेपत्ता



काठमाडौं, ५ कात्तिक । देशभर बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १११ पुगेको छ । ४२ जना घाइते छन् भने ३७ जना वेपत्ता भएका छन् ।

नेपाल प्रहरीका अनुसार कात्तिक १ गतेदेखि विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी शुक्रबारसम्म प्रदेश १ मा ६५, बागमती प्रदेशमा १, गण्डकी प्रदेशमा २, लुम्बिनी प्रदेशमा ४, कर्णाली प्रदेशमा ७ र सुदूरपश्चिम प्रदेशमा ३२ जनाको मृत्यु भएको छ ।

सबैभन्दा बढी सुदूरपश्चिममा २३ जना वेपत्ता छन् । प्रदेश १ मा ११, २ नम्बर प्रदेशमा १, लुम्बिनीमा १, कर्णालीमा १ जना वेपत्ता छन् । उनीहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

बाढीको कारण २ हजार २ सय ३२ घर डुबानमा परेका छन् । ७८ घर, १६ गोठ, ६ पुल, १ विद्यालय र ३ सरकारी कार्यालयमा क्षति पुगेको छ । १८६ पशु चौपायाको मृत्यु भएको छ । १ हजार १ सय ८८ घरपरिवार विस्थापित भएका छन् ।



प्रतिक्रिया दिनुहोस्