Logo

स्वीडेनमा लोकप्रीय रापरको गोली हानी हत्या



एजेन्सी, ५ कात्तिक । स्वीडेनमा एकजना लोकप्रीय रापरको गोली हानी हत्या भएको छ । १९ वर्षीय रापर इनारको स्टकहोममा हत्या भएको हो ।

निल्स इरिक इनर ग्रोनवर्ग खास नाम भएका उनी स्वीडेनका सबैभन्दा लोकप्रीय रापरमध्ये थिए ।

ग्याङ फाइटमा गोली चल्दा उनी मारिएको जनाइएको छ । हत्यामा संलग्नको खोजी भइरहेको इन्डिपेन्डेन्टको अनलाइन संस्करणले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्