Logo

ओलीसँग भीम रावल आक्रोशित, राजीनामा दिएपछि यस्तो लेखे



काठमाडौं, ५ कार्तिक । नेकपा (एमाले) का उपाध्यक्ष डा. भीमबहादुर रावलले आफूले एमाले एकता जोगाउन वार्ता, सहमति, कमिटी बैठक र कार्यदलमा ईमानदारिताका साथ भरमग्दुर प्रयास गरेको स्पष्ट पारेका छन् । त्यस्तै, उनले आफूले १० बुँदे सहमति कार्यान्वयनमा पनि जोड दिएको उल्लेख गरेका छन् । आज कार्यदलबाट राजीनामा दिएका रावलले सामाजिक सञ्जाल ट्विटरमार्फत आफ्नो धारणा राखेका छन् ।

उनले लेखेका छन्-“एमालेको एकता जोगाउन वार्ता,सहमति,कमिटी बैठक र कार्यदलमा इमान्दारीका साथ भरमग्दुर प्रयास गरें।१० बुंदे सहमतिको कार्यान्वयनमा जोड दिएँ।तर आज स्थायी कमिटीको बैठकमा पार्टी अध्यक्षबाट नै १०बुंदे सहमतिको अैाचित्य नरहेको धारणा प्रकट भएपछि फरक मत दर्ज गर्दै कार्यदलबाट राजीनामा दिएको छु।”



प्रतिक्रिया दिनुहोस्