Logo

एमसीसी पारित गर्ने दुस्साहस गरे प्रधानमन्त्री देउवाले राजीनामा दिनुपर्छ : देव गुरुङ (भिडिओसहित)



काठमाडौं, ६ कार्तिक । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले एमसीसीबारे पाँच दलीय गठबन्धनमा कुनै सहमति नभएको स्पष्ट पारेका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले एमसीसी अहिलेको अवस्थामा जस्ताको त्यस्तै पारित गर्न नसकिने पनि जिकिर गरेका छन् ।

उनले प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पारित गर्नुपर्छ भन्नु व्यक्तिगत मत भएको पनि सुनाए । उनले एमसीसी नेपालको हितमा नभएको जिकिर गरे । उनले एमसीसीको सम्झौता हेर्दा यो नेपालको संविधानविपरित रहेको दाबी गरे । एमसीसी सदनमा टेबुल गर्न खोजिए आगो बल्ने उनको चेतावनी दिए । नेपालको हितविपरित अघि बढ्न खोजे नेपालमा कोही पनि नटिक्ने पनि उनको चेतावनी छ ।

उनले एमसीसी पारित गराउनको लागि आफूहरुले देउवालाई प्रधानमन्त्री नबनाएको पनि स्पष्ट पारे । उनले भने, “हिजो पनि ओलीले प्रयास गरेको हो नि । एमसीसी पारित गर्ने दुस्साहस गरे प्रधानमन्त्री देउवाले राजीनामा दिनुपर्छ । कुर्सी छोड्नुपर्छ । उहाँले एमसीसी पारित गरे देशघाती ठहरिन्छ । जनघाती ठहरिन्छ । संविधानको विरुद्धमा गएको ठहरिन्छ । त्यसकारण देशघाती कदम चाल्नुहुन्छ भनेर हामीलाई विश्वास छैन् । तर, अहिलेको गठबन्धनबाट एमसीसी पारित हुने सम्भव छैन् ।”



प्रतिक्रिया दिनुहोस्