Logo

विश्वकप क्रिकेट: तेस्रो जित निकाल्दै श्रीलंका सुपर १२ मा प्रवेश



काठमाडौं, ६ कात्तिक । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा लगातार तेस्रो जित निकाल्दै श्रीलंका सुपर १२ मा प्रवेश गरेको छ । दुवई स्थित सारजाह क्रिकेट स्टेडियममा शुक्रबार राति भएको खेलमा नेदरल्यान्ड्सलाई ८ विकेटले हराउँदै श्रीलंका समूह विजेताको रुपमा सुपर १२मा प्रवेश गरेको हो ।

नेदरल्यान्ड्सले दिएको ४५ रनको लक्ष्य श्रीलंकाले ७ ओभर १ बलमा २ विकेट गुमाएर पूरा गर्यो । श्रीलंकाको जितमा कुशल परेराले अविजित रहदै ३३ रन बनाए भने अभिस्का फर्नान्डो २ रनमा अविजित रहे ।
चारिथ आसलन्का ६ रनमा पबिलियन फर्किए भने ओपनर पाथुम निसान्का सुन्य रनमा आउट भए ।

नेदरल्यान्ड्सका ब्राण्डन ग्लोभर र पाउल भानले समान एक÷एक् विकेट लिए । यस अघि ब्याटिङ गरेको नेदरल्यान्ड्स १० ओभरमै अलआउट हुँदै ४४ रनमात्र बनाएको थियो । नेदरल्यान्ड्सका कोलिन एकार्मानले ११ रन बनाए । यस्तै बेन कोपर ९ रनमा आउट भए । कप्तान पिटर सिलारले २ तथा स्कट एड्वार्डले ८ रन जोडे ।

नेदरल्यान्ड्सलाई सस्तैमा समेट्न लाहिरु कुमारा र वानिन्दु हसरंगा डी सिल्भाले समान तिन÷तिन विकेट लिए । महेश थिकसानाले २ विकेट लिए भने दुश्मन्था चामिराले १ विकेट लिए । जितसँगै समूह ‘ए’ मा रहेको श्रीलंकाले ३ खेलमा ६ अंक जोडेको हो । यस समूहबाट नामिबिया ४ अंकका साथ उपविजेता बन्दै सुपर १२ मा प्रवेश गरेको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्