Logo

इंग्लिस प्रिमियर लिगः एस्टन भिल्लामाथि आर्सनलको जित



काठमाडौं, ६ कात्तिक । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लामाथि जित निकालेको छ । शुक्रबार राति भएको खेलमा आर्सनलले एस्टनलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । आर्सनलको जितमा थोमस पार्टे, पिएरे एम्रिक औबामियाङ र इमिल स्मिथले एक एक गोल गरे ।

एस्टनका जाकोब रामसेले एक गोल फर्काए । खेलको २३औं मिनेटमा थोमस पार्टेले गोल गर्दै आर्सनललाई सुरुआती अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा पीएरे एम्रिक औबामियाङले गोल गर्दै आर्सनललाई २–० को अग्रतामा पुर्याए ।

यस्तै, खेलको ५६औं मिनेटमा इमिल स्मिथले गोल गर्दा खेल ३–० को अवस्थामा पुग्यो । साथै, खेलको ८२औं मिनेटमा एस्टनका जाकोब रामसेले एक गोल फर्काउदा खेल ३–०को अवस्थामा पुगेको थीयो । यस जितसँगै आर्सनलले ९ खेलमा १४ अंक जोड्दै १४औं स्थानमा उक्लिएको छ । एस्टन १० अंक जोडेर १३औं स्थानमा रहेको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्