Logo

विश्वकप क्रिकेटः आजबाट सुपर १२ का खेल हुँदै, आज दुई खेल हुने



काठमाडौं, ६ कात्तिक । युएई र ओमानमा जारी आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत आज (शनिबार) दुई खेल हुँदैछन् । आजबाट विश्वकप क्रिकेटमा सुपर १२ का खेलहरु सुरु हुँदैछन् । आज समूह ‘१’ का दुई खेलहरु हुनेछन् ।

आबुधाबी स्थित सेख जायद क्रिकेट मैदानमा हुने पहिलो खेलमा अष्ट्रेलिया र दक्षिण अफ्रीका भिड्दैछन् । खेल दिउँसो ४ बजे सुरु हुनेछ । सुपर १२ को पहीलो खेलमा दुबै टोली जित निकाल्दै सुखद सुरुवात गर्न चाहान्छन् ।

यसगरि आजै हुने दोस्रो खेलमा इंग्ल्यान्ड र वेस्ट इन्डिजबीच प्रतिस्पर्धा हुनेछ । इंग्ल्यान्ड र वेस्ट इन्डिजबीचको खेल पनि सेख जायद क्रिकेट मैदानमा राति ८ बजे सुरु हुनेछ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्