Logo

प्रधानन्यायाधीश जबराको बचाउमा पाँच दलीय गठबन्धन



काठमाडौं, ६ कार्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामाको माग भैरहेको बेला सत्तापक्षीय पाँच दलीय गठबन्धन भने जबराको पक्षमा उभिएको छ । पछिल्लो समय प्रधानन्यायाधीश जबराको राजीनामा माग्न थालिएको छ । तर, सत्तारुढ दल भने प्रधानन्यायाधीश जबराको राजीनामा माग्न नहुने अडान लिएको छ । प्रधानन्यायाधीश राणालाई महाभियोग लगाउने कांग्रेसको कुनै योजना नभएको पनि कांग्रेस नेता एन.पी. साउदको भनाई छ ।

आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले भने, “प्रधानन्यायाधीशलाई हटाउने र बचाउने कुरा अहिले हुन सक्दैन । संविधानमा महाभियोगजस्ता निश्चित कानुनी प्रबन्ध छन् । तर न्यायालयलाई विवादको विषय बनाउनु हुन्न ।”

कानून व्यवसायीहरुले भने अब जबराबाट न्यायालय चल्न नसक्ने र यसको गरिमा कायम गर्न नसकिने निश्कर्ष निकालिसकेका छन् । अधिवक्ताहरुले प्रधानन्यायाधीश जबराले न्यायालयको छवि धुमिल बनाएको आरोप लगाउन थालेका छन् । खासगरी प्रधानन्यायाधीश जबराले कार्यपालिकामा भागबण्डा खोजेको भन्दै उनको राजीनामा मागिएको हो । file photo



प्रतिक्रिया दिनुहोस्