Logo

अर्ली इलेक्सनको सम्भव छैन : रामचन्द्र पौडेल



धनगढी, ६ कात्तिक। प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अर्ली इलेक्सन सम्भव नरहेको बताएका छन् । सुदूरपश्चिम पुगेका नेता पौडेलले अर्ली इलेक्सन सम्भव नरहेकाले संसदले पूर्ण कार्यकाल काम गर्नुपर्ने बताएका हुन् ।

पौडेलले भने, ‘अर्ली इलेक्सन सम्भव छैन । संसदले पूर्ण कार्यकाल काम गर्न पाउनुपर्छ भनेर नै हिजो हामी अदालत गएका हौं । त्यसैले संसदले आफ्नो काम कारबाही अगाडि बढाउनुपर्छ ।’

संसदको काम कारबाही अगाडि बढाएर सरकारले आफ्नो क्षमता देखाउनुपर्ने पौडेलको जोड थियो । पौडेलले अविरल वर्षापछि आएको बाढीले सुदूरपश्चिममा ठूलो जनधनको क्षति गरेकाले सरकारले तत्काल प्याकेजमै राहतका कार्यक्रम ल्याउनुपर्ने धारणा राखेका छन् । त्यसका लागि आफूले सरकारको ध्यानाकर्षण समेत गराइसकेको उनले बताए ।

 



प्रतिक्रिया दिनुहोस्