Logo

प्रचण्ड र माधव नेपालको बहिर्गमनसँगै पार्टी नयाँ ढंगले अघि बढेको छ: ओली



काठमाडौं ६ कात्तिक। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालको बहिर्गमनसँगै पार्टी नयाँ ढंगले अघि बढेको बताएका छन्। देशभर एमालेको वडा अधिवेसनको आज भर्चुअल उद्घाटन गर्दै उनले यस्तो बताउदै विभाजनबाट पार्टीमा सकारात्मक प्रभाव परेको बताएका हुन् ।

सम्बोधनको क्रममा ओलीले भने, ‘पार्टी विरोधि गतिविधि गर्ने तत्वहरुको बहिर्गमनपछि सकारात्मक कुरा भनेको अब हामी एक ढिक्का छौं । आपसी तानातान गर्ने र बाहिर पार्टीको बेइज्जति गर्ने खालको प्रवृत्ति अब छैन । यो एउटा खुशीको कुरा हो ।’ हालै ६ हजारभन्दा बढी प्रतिनिधि सहभागी गराएर एमालेको विधान अधिवेसन अभूतपूर्व सफलताका साथ सम्पन्न भएको ओलीले बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्