Logo

भारतीय गृहमन्त्री अमित शाह जम्मू काश्मिरको भ्रमणमा



एजेन्सी, ६ कात्तिक । भारतका गृहमन्त्री अमित शाह जम्मू काश्मिरको भ्रमणमा गएका छन् । उनी तीनदिने भ्रमणका लागि जम्मू काश्मिर पुगेका हुन् । उनलाई श्रीनगर बिमानस्थलमा लेफटिनेन्ट जनरल मनोज सिन्हाले स्वागत गरेका थिए ।

आर्टिकल ३७० खारजे भएपछि उनी पहिलो पटक जम्मू काश्मिर भ्रमणमा गएका छन् । उनी एयरपोर्टबाट सिधै मृतक इन्सपेक्टर परवेज अहमदको घर पुगेको भारतीय सञ्चारमाध्यमहरुमा उल्लेख गरिएको छ । इन्सपेक्टरलाई गत जून २२ मा मस्जिदबाट प्राथना गरि फर्कने क्रममा उनको गोलि हानि हत्या गरिएको थियो । उनले मृतक परिवारप्रति सम्वेदना व्यक्त गरेका छन् । गृहमन्त्री शाहले मृतकको परिवारलाई प्रहरीमा सामिल हुन समेत प्रस्ताव गरेको जनाइएको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्