Logo

सुर्खेतमा बम विस्फोट, दुई घाइते



काठमाडौँ, ६ कात्तिक। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–७, कटकुवा सामुदायिक वनमा बम विस्फोट भएको छ । आज (शनिबार) बिहान करिब ११ बजे भएको बम विस्फोटमा परि दुई जना घाइते भएको जनाइएको छ ।

घाइते हुनेमा दैलेख गुराँस गाउँपालिका–६ की २१ वर्षीया लीला नेपाली र उनका भाइ १४ वर्षीय नरेश परियार रहेको जनाइएको छ । उनीहरू घाँस काट्न गएको बताइएको छ । घाइतेहरूको उपचार स्थानीय देउती अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उक्त घटना बार अनुसन्धान भइरहेको जनाइएको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्