Logo

भीम बहादुर विश्वकर्माको हत्याविरुद्ध काठमाडौंको माईतीघरमा विरोध प्रदर्शन (फोटोफिचर)



काठमाडौं, ६ कार्तिक । भीम बहादुर विश्वकर्माको हत्याविरुद्ध आज काठमाडौंको माईतीघरमा प्रदर्शन गरिएको छ । जात व्यवस्था उन्मुलन मोर्चा, नेपालको आयोजनामा प्रदर्शन गरिएको हो । उनीहरुले पीडित परिवारलाई क्षतिपूर्ति दिनसमेत गरेका छन् ।

प्रदर्शनमा उत्रिएकाहरुले ‘प्रिय विद्धानहरु दलितहरु मान्छे हुने कहिले ?’, आरक्षणमात्रै होईन अतिरिक्त क्षतिपूर्ति दे, रगत र नगद त चल्छ नि है ? नारा लेखिएका प्लेकार्ड बोकेका थिए । भीम बहादुर चितवनका हुन् । उनलाई जातीय कारण उनको कुटपिटको कारण मृत्यु भएको बताईएको छ ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्