Logo

एमालेमा महेश बस्नेतको पकड बलियो, वडा अधिवेशनमा देखाए प्रभाव



काठमाडौं, ६ कात्तिक । नेकपा एमालेमा सबैभन्दा बढी राजनीतिक शक्ति सञ्चय गर्नेमध्ये पर्छन् महेश बस्नेत । अभिव्यक्ति र गतिविधिले चर्चामा आइरहने बस्नेतले एमालेको युवा पंक्तिमा पकड बलियो बनाएका हुन् ।

युवा संघको अध्यक्ष समेत रहेका बस्नेत लडाकु स्वभावका एमाले कार्यकर्तामाझ लोकप्रीय छन् । उनी कार्यकर्ताको संरक्षणमा ओलीकै शैलीमा प्रस्तुत हुने गर्छन् । कठिन समयमा ओलीलाई साथ दिएका बस्नेतले यसपटकको महाधिवेशनमा छलाङ मार्ने निश्चितप्रायः छ ।

बस्नेतनिकट युवा प्रतिनिधिहरु ठूलो संख्यामा चयन हुने देखिएको छ । वडा अधिवेशनले त्यही परिस्थिति देखाएको छ ।

अब पदाधिकारी र केन्द्रीय सदस्य निर्वाचित हुन चाहनेले पनि बस्नेतको साथ लिनुपर्ने अवस्था विकास भएको छ । यसले उनलाई एमालेको बलियो शक्तिकेन्द्रका रुपमा उभ्याएको छ । ओलीलाई बा भन्ने उनका विश्वासपात्र बस्नेतले पदाधिकारीमा उम्मेदवारी दिने निश्चितप्रायः छ । उनले आफू ओली गुटमा रहेर उपगुटलाई विकास गर्दै लगेका थिए । अबको महाधिवेशनमा यसको प्रभाव देखिने अवस्था बनेको छ ।



प्रतिक्रिया दिनुहोस्