Logo

प्रिमियर लिगमा आज ६ खेल हुँदै



काठमाडौं, ६ काक्तिक । इंग्लिस प्रिमियर लिगमा आज (शनिबार) ६ खेल हुँदैछन् । आज हुने पहिलो खेलमा चेल्सी र नर्विच सिटीले प्रतिस्पर्धा गर्दैछन् । खेल चेल्सीको घरेलु मैदानमा नेपाली समय अनुसार ५ः१५ बजे सुरु हुनेछ । तर, चेल्सीबाट फर्वाडर रोमेलु लुकाकु र टिमो वार्नरले चोटका कारण आजको गुमाउने छन् ।

यस्तै राति ७ः४५ बजे एकसाथ चार खेल हुँदैछन् । क्रिस्टल प्यालेस र न्युकासल युनाइटेड बिच खेल हुँदैछ । एभर्टनले वाट्फोर्डसँग प्रतिस्पर्धा गर्दै छ भने लिड्स युनाइटेडले उल्फ्स सँग खेल्दै छ ।
साथै, बेर्नेली साउथह्यामटनको घरेलु मैदानमा उत्रिदैछ । यसैगरि, राति १०ः१५ मा हुने खेलमा म्यानचेस्टर सिटीले ब्राइटन सँगै खेल्दैछ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्