Logo

महेश बस्नेत र गोकुल बाँस्कोटाले एमालेमा फड्को मार्नसक्ने, सचिवको दाबेदार



काठमाडौं, ६ कात्तिक । नेकपा एमालेको १०औं महाधिवेशनमा केही नेताहरुले छलाङ मार्नसक्ने देखिएको छ । एमाले विभाजनमा केही नेताहरुलाई पार्टीभित्र फड्को मार्ने मौका मिलेको छ ।

एमालेको संगठनमा बलियो पडक बनाएका महेश बस्नेतले यसपटक पदाधिकारी बन्ने गरी गृहकार्य थालिसकेका छन् । वडा तहको अधिवेशनमै आफू निकटस्थहरुलाई बढीभन्दा बढी चयन गराउन सफल देखिएका बस्नेतको भातृसंगठनहरुमा पनि पकड बलियो छ ।

अध्यक्ष केपी शर्मा ओलीको विश्वासपात्र बस्नेतले कठिन घडीमा जोखिम उठाएर साथ दिदै आएका छन् । त्यसकारण पनि ओलीले उनलाई पदाधिकारीमा बढाउने सम्भावना छ । सम्भवतः बस्नेत सचिवमा उम्मेदवार बन्न सक्छन् । उनको दाबी त्योभन्दा माथिल्लो पदमा छ । तर, उनीभन्दा सिनियर नेताहरुको व्यवस्थापनको चुनौती भएकाले सचिवमा चुनाव लड्न सक्छन् ।

ओलीका अर्का विश्वासपात्र गोकुल बाँस्कोटा पनि हुन् । उनलाई ओलीले पदाधिकारीमा बढाउने सम्भावना छ । ओलीको बचाऊमा सबैभन्दा बढी बोल्ने गरेका बाँस्कोटाको बस्नेतको तुलनामा संगठनमा पकड भने केही कमजोर छ । बागमती प्रदेशका भएकाले दुईमध्ये एकलाई मात्र पदाधिकारीमा बढाउने सम्भावना पनि छ । बाँस्कोटालाई एमाले प्रवक्ता बनाएर व्यवस्थापनको सम्भावना पनि हुनसक्ने बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्