Logo

आज संक्रमणबाट थप ८ जनाको मृत्यु



काठमाडौं, ६ कात्तिक। आज पछिल्लो २४ घन्टामा ८ जनाको संक्रमणबाट मृत्यु भएको छ । योसंगै कुल मृतकको संख्या ११ हजार ३ सय ४५ पुगेको मन्त्रालयले जनाएको छ । त्यसै आज नेपालमा कोरोनाका ५ सय १३ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख ८ हजार ५ सय ३४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैगरी, आज ८ सय १७ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख ८६ हजार ६ सय ३० जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा ६ हजार ९ सय ३१ जनाको परिक्षण गर्दा उक्त संक्रमण पुष्टि भएको हो ।-File Photo



प्रतिक्रिया दिनुहोस्