Logo

भीम रावलको राजीनामाबारे अध्यक्ष ओलीको टिप्पणी : उहाँले संयोजन गर्न सक्नुभएन, को १० भाई ?



काठमाडौं, ६ कार्तिक । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष डा. भीमबहादुर रावलले राजीनामा दिएको विषय ठूलो कुरा नभएको टिप्पणी गरेका छन् । उनले भने,‘उहाँले के को राजीनामा गर्नुभयो र ? उहाँ सहजीकरणको संयोजक हुनुहुन्थ्यो, उहाँले सहजीकरण मैले गर्न सकिनँ भन्नुभयो । राजीनामा दिनुभयो, के ठूलो कुरा भयो र ? त्यसकारण मेरो राजीनामा भन्नुभयो, त्यत्रो ठूलो कुरा होईन ।’

उनले एमाले एक ढिक्का भएको पनि दाबी गरे । १० बुँदे सहमति कार्यान्वयन भएको र केही ठाउँमा बाँकी रहेको पनि ओलीको भनाई छ । उनले भने,‘ को १० भाई ? दश जना भन्ने कुरै होईन । १०, १२ जना भन्ने छैन, पार्टी एक ढिक्का छ ।’ रावलले हिजो कार्यदलबाट राजीनामा दिएका छन् । file photo



प्रतिक्रिया दिनुहोस्