Logo

सुर्खेतमा बेवारिसी बम बिष्फोट हुँदा २ घाइते



सुर्खेत, ६ कात्तिक । सुर्खेतमा बम बिष्फोट हुँदा २ जना घाइते भएका छन् । आज वीरेन्द्रनगर नगरपालिका ७ कटकुवा सामुदायिक वनमा बेवारिसी बम बिष्फोट हुँदा दाउरा काट्न गएका दुईजना घाइते भएका हुन् ।

घाइते हुनेहरुमा २१ वर्षीया लिला परियार र १४ वर्षीय नरेश नेपाली छन् । नरेशलाई मुख र आँखामा छर्रा लागेको छ । लिलालाई पनि बलमे घाइते बनाएको छ । उनीहरु अस्पतालमा उपचाररत छन् ।

बम कस्ले छाड्यो भन्नेबारे अनुसन्धन भइरहेको छ । घटनाको अनुसन्धानका लागि सेनाको टोली पठाइएको छ ।



प्रतिक्रिया दिनुहोस्