Logo

ओलीको भीम रावलमाथि व्यङ्ग्यः राजीनामा ठूलो कुरा होइन, सकिनँ भन्नुभयो



काठमाडौं, ६ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष भीम रावलमाथि व्यङ्ग्य गर्दै १० बुँदे कार्यान्वयनसम्बन्धी कार्यदलमा काम गर्न नसकेर छाडेको टिप्पणी गरेका छन् । उनले कमिटीमा संयोजन गर्न नसकेर छाडेको बताएका हुन् ।

‘उहाँले राजीनामा के को गर्नुभयो र !’ ओलीले आज पत्रकारको प्रश्नमा भने, ‘मैले सकिनँ, सहजीकरणको संयोजक हुनुहुन्थ्यो मैंले गरेर भएन भन्नुभयो ।’ उनले रावलको राजीनामा ठूलो कुरा नभएको बताउँदै लिखित पनि नभएको बताए । उनले भने, ‘त्यो स्वीकार्य अस्वीकार्य केही पनि होइन ।’

१० बुँदे कार्यान्वयनका लागि कठिन कार्यदलको संयोजकबाट रावलले राजीनामा दिएपछि ओलीको पछिल्लो भनाई आएको हो ।

१० भाईबारे प्रश्न गर्दा १० जना भन्ने नै नभएको बताए । उनले भने, ‘होइन होइन १० जना भन्ने कुरा होइन ।’

१० बुँदे कार्यान्वयनबारे सोध्दा भने, ‘बाँकी केही छ त्यो हुन्छ ।’



प्रतिक्रिया दिनुहोस्